नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ताको समय बढाएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार बिहान ८ देखि ९ बजेका लागि तोकिएको मनोनयनताको समय ९ः३० बजेसम्मका लागि थप गरिएको छ ।
“यो पार्टीको आन्तरिक चुनाव हो । पार्टीको अनुकूलता हेरेर समयमा लचक हुने अवस्था छ,” केसीले बाह्रखरीसँग भने, “मनोनयन समयकै कारण अप्ठ्यारो पर्दैन । आकांक्षीहरूको अनुकूलता हेरेर समय बढाउन सकिन्छ ।”
वार्ता र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढिरहेको छ । विशेष महाधिवेशनको अपनत्व लिन संस्थापन पक्षलाई आग्रह गरेपछि त्रिपक्षीय वार्ता चलिरहेको छ । आज पनि वार्ता हुँदै छ ।











