२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन थापा उम्मेदवारी दर्ताका लागि सर्लाही पुग्न सकेनन्



नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराउँदैछन् । आफ्नो साविकको क्षेत्र छाडेर गगन सर्लाही झर्न लागेका हुन् ।

उम्मेदवारी दर्ताका लागि थापा स्वयं उपस्थित हुने योजना रहेको भए पनि उनी आफै सर्लाहीको निर्वाचन कार्यालय पुग्न सकेनन् । देशभरको टिकट वितरणमा व्यस्त हुनु परेपछि थापा सर्लाही पुग्न नसकेका हुन् ।

अब उनले वारेसमार्फत उम्मेदवारी दिनेछन् । यसका लागि थापाले मञ्जुरीनामा पनि पठाइसकेका छन् । आजै मनोनयन दर्ता गर्नुपर्ने र टिकट व्यस्थापनमा झल्झिँदा थापा समयमा पुग्न नसक्ने भएपछि वारेसको विकल्प रोजिएको हो ।

प्रकाशित मिति : २०८२, ६ माघ मंगलबार ००:००  ४ : ०६ बजे