२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा ‘लुटेरा’माथि प्रहरीले चलायो गोली



काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ । बुधबार (माघ १४) राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरिएपछि गोली चलाइएको परिसरले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर एकजना घाइते छन् । घाइते हुनेमा विनय तामाङ रहेका प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०८२, १५ माघ बिहिबार ००:००  १० : ४७ बजे