२०८३, १ बैशाख मंगलबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराजाको स्वागतमा दुर्गा प्रसाईं पुगे विमानस्थल



झापाबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । ज्ञानेन्द्र शाह झापाबाट फर्किन लागेपछि प्रसाईंसहित ठूलो सख्यामा समर्थकहरू विमानस्थल पुगेका हुन् । अन्यलाई विमानस्थल गेट प्रवेशमा रोक लगाइएको छ ।

प्रसाईंको गाडीलाई भने प्रहरीले गेटभित्र प्रवेश दिएको छ । शाहको समर्थनमा उत्रिएका प्रदर्शनकारीका कारण सुरक्षा जोखिम बढ्ने भन्दै प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ । विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनी हेलिकोप्टरबाट काठमाडौं फर्कन लागेका हुन् । 

प्रकाशित मिति : २०८२, १ फाल्गुन शुक्रबार ००:००  १ : २२ बजे