मुगु र जुम्ला भ्रमणका निम्ति निस्किएकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (चैत ५) बिहान सुर्खेत आइपुगेकी छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आएकी हुन् ।
सुर्खेतबाट प्रधानमन्त्री कार्की मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखसँग भेटघाट र त्यहाँको अवलोकन गर्ने कार्यक्रम छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार, दुई जिल्लाको भ्रमणपछि प्रधानमन्त्री कार्की शुक्रबार (चैत ६) त्यहीँबाट जनकपुर जाने कार्यक्रम छ । मुगु र जुम्लाका अरू कार्यक्रमबारे भने विस्तृत जानकारी प्राप्त नभएको खत्रीले बताए ।











