२०८२, १८ चैत्र बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमन्त्री खड्का पक्राउ



नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ । आइतबार (चैत १५) बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

गएको भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा उनको निवासमा फेला परेको रकमबारे अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले जारी गरेको जरुरी पक्राउ पुर्जी गृहमन्त्री सुधन गुरुङले सार्वजनिक  गरेका छन् । त्यसमा सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

खड्कालाई सीआईबीकै हिरासतमा राखिएको छ । प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा समेत अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २०८२, १५ चैत्र आइतबार ००:००  १२ : ४६ बजे