२०८२, १९ चैत्र बिहीबार | Fri Apr 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५४ वर्षपछि चन्द्रमामा अर्को उडान : १० दिनसम्म परिक्रमा गर्ने



चन्द्रमामा मानव पाइला पुगेको करिब ५४ वर्षपछि फेरि एकपटक चन्द्रमा मानव मिसनको दिशामा नयाँ अध्याय सुरु भएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो मानव मिसन आर्टेमिस–२ नेपाली समयअनुसार बिहीबार बिहान ३:५० बजे फ्लोरिडाबाट सफलतापूर्वक लन्च भएको हो ।

यो मिसनमा क्रिस्टीना कोच, भिक्टर ग्लोभर, रिड वाइसम्यान र जेरेमी हेन्सेन सवार छन्, जसलाई एसएलएस रकेटमार्फत अन्तरिक्षमा पठाइएको छ ।

यो १० दिनको यात्राले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट करिब ४.०६ लाख किलोमिटर टाढासम्म लैजानेछ, जुन हालसम्मकै सबैभन्दा लामो मानव अन्तरिक्ष यात्रा मानिएको छ ।

प्रकाशित मिति : २०८२, १९ चैत्र बिहीबार ००:००  १० : ४० बजे