२०८२, २८ चैत्र शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्गानिक कृषिलाई जोड दिंदै लालिगुराँस नगरपालिका



रासायनिक मलको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने जोखिम र माटोको उर्वराशक्ति घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छ । नगरका नौवटै वडामा स्थानीय कृषकको सक्रिय सहभागितासहित अर्गानिक खेती विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ ।

रसायनयुक्त खाद्य पदार्थको दीर्घकालीन सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले नगरपालिकाले अर्गानिक उत्पादनलाई मुख्य कार्ययोजना बनाएको हो । यसका लागि सहभागितामूलक प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ, जसले किसानलाई गुणस्तरीय अर्गानिक उत्पादनतर्फ प्रोत्साहित गरेको छ ।

प्रकाशित मिति : २०८२, २५ चैत्र बुधबार ००:००  ११ : ३८ बजे