२०८२, २६ चैत्र बिहीबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रम-संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का



श्रम-संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने घोषणा गरेसँगै ठाकुरको भाग्य खुलेको हो ।

रुबीकुमारी नेपालकै कम उमेरकी उपसभामुख बन्ने छिन् । उनी मात्र २५ वर्षिकी भइन् । जेनजी आन्दोलनको बलमा भएको चुनावले उपसभामुख पदमा जेनजी युवतीलाई स्थापित गर्ने भएको छ । उनी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा छन् । आमा रेणु गृहणी हुन् ।

दुई घिा जमिन अधियाँमा लिएर गरेको खेति र बुवाले पठाउने रेमिट्यान्सबाट रुबीको परिवार चलेको छ । रुबीले २७४ सालमा एसईई उत्तिर्ण गरेपश्चात धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरेकी छन् । सांसद बन्नुअघिसम्म उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन् र मासिक २० हजारजति कमाउँथिन् ।

चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुग्दा पहिलो पटक रुबीले उनलाई भेटेकी थिइन् । साम्पाङबाट प्रभावित बनेर उनी श्रम संस्कृति पार्टीको चुनाव प्रचारप्रसारमा हिँड्न थालिन् । त्यसै वापत पार्टीले उनलाई मधेसी महिला क्लस्टरबाट समानुपातिकमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८२, २६ चैत्र बिहीबार ००:००  २ : २७ बजे