२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गम्बु शेर्पा भन्छन् – म मुद्दा जित्छु, खिजीदेम्बा समृद्ध बनाउँछु



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आफुले नेपालमा चुनाव लड्नुअघि सबै प्रकृया पुरा गरेको दावी गरेका छन् । लामो समय अमेरिका बस्दा त्यहाँको नागरिकता लिएको २ पटक सम्म मतदान समेत गरेको भएपनि जन्मभूमिको विकासका लागि आफुले अमेरिकन नागरिकता त्यागेर नेपालको कानुन अनुसार सबै प्रक्रिया पुरा गरेर गाउँपालिका अध्यक्ष निर्वाचित भएको दावी गरेका हुन् ।

अमेरिकन नागरिक नेपालमा आवश्यक प्रक्रिया पुरा नगरी गाउँपालिका अध्यक्ष बनेको भनेर शेर्पा विरुद्ध नेपाली कांग्रेसका नेता भुपेन्द्रबहादुर बस्नेतले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । बस्नेतले शेर्पालाई हटाएर आफुलाई गाउँपालिका अध्यक्षमा पदस्थापन गर्न समेत माग दावी गरेका थिए । उक्त मुद्दा अदालतमा विचाराधिन छ । साउन १२ गते मुद्दाको पेशी तोकिएको छ ।

अध्यक्ष शेर्पाले भने अदालतमा विचाराधिन मुद्दा आफुले जित्ने दावी गरेका छन् । स्थानीय जनसरोकारमा बहस गर्दै अध्यक्ष शेर्पाले आफुले सबै प्रक्रिया पुरा गरेरै गाउँपालिकामा उम्मेदवार बनेको र सोही अनुसार प्रमाणसहित अदालतमा जवाफ पेश गरेको बताएका छन् । निर्वाचन आयोगले योग्य उम्मेदवार ठहर गरेर पालिकाका जनताले मतदान मार्फत निर्वाचित गराईसकेको अवस्थामा मुद्दा हालेर विपक्षीहरुले अनावश्यक हैरानी दिएको उनको तर्क छ ।

अध्यक्ष शेर्पाले आफु विरुद्ध लाग्नेहरुले आगामी निर्वाचन समेत नजित्ने टिप्प्णी गरेका छन् ।

हेर्नुहोस् अध्यक्ष शेर्पासँगको बहस :

प्रकाशित मिति : २०८०, ५ श्रावण शुक्रबार ००:००  ७ : १६ बजे