सत्तारुढ दल कांग्रेकको भ्रातृ संगठन तरुण दलले राजधानीमा प्रदर्शन गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका सह–महामन्त्री, नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा पूर्वमन्त्री यादव माथि खुकुरी प्रहार भएको थियो ।
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेको थियो ।
नेताहरु माथिको आक्रमण लोकतन्त्रमाथिको हमला भएको कांग्रेसका युवा नेता जितेन्द्रमान तामाङ्ग (दावा लामा) बताउँछन् । आक्रमणमा संलग्न र त्यस्ता गतिविधिमा उत्तेजित पार्ने तत्वलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने लामाको भनाई छ ।
नेता माथि छानीछानी आक्रमण हुनथालेपछि देशभरका तरुण युवाहरु आन्दोलनमा छन् ।


