२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिपक मनाङ्गेले नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद स्विकारेनन्

एक व्यक्ति एक पदको नीतिलाई नारामा मात्र सिमित नराखी कार्यान्वयन गर्न नेतृत्वलाई सुझाए



गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् मनाङका सांसद राजिव गुरुङ (दिपक मनाङ्गे) ले नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्विकार गरेका छन् । सांसद संसदिय भूमिका र जनताको काममा बढी क्रियाशिल हुनुपर्ने, पार्टीको काममा समय दिन नसक्ने र पार्टीले पनि आफुलाई नसोधी निर्णय गरेकाले उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन् ।

पार्टीको निर्णय प्रकृयामा जिम्मेवार नेतासँग अग्रिम परामर्श गर्नुपर्नेमा मनाङ्गेले बताएका छन् । जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनता संग उत्तरदायी हुन्छन, धेरै समय जनता संग प्रत्यक्ष जोडिएका कामहरु र संसदिय कामकाजमा व्यस्त हुनुपर्दछ।जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ। एउटै ब्यक्तिले अनेक पदको भारि बोक्नु राम्रो होइन।´ सामाजिक सञ्जालमा मनाङ्गेले लेखेका छन्मलाइ दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरुलाई दिंदा पार्टीलाई अझ बढि फाइदा हुन्छ । युवाहरुलाइ अगाडी बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ।´युवा नेता गुरुङले एक व्यक्ति एक पदको नीतिलाई नारामा मात्र सिमित नराखी कार्यान्वयन गर्न नेतृत्वलाई सुझाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय वैठकले मनाङ्गेलाई केन्द्रीय परिषदको सदस्यमा मनोनित गरेको थियो ।

राजनीतिमा पदको लोभ गर्नेहरुको भिडमा मनाङ्गेले पार्टीको केन्द्रीय जिम्मेवारी नै अस्विकार गरेका छन् ।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार ००:००  ४ : २८ बजे