२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशमा जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम भइरहेको छ : अर्थमन्त्री लामा



बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले जनताले प्रत्यक्ष महसुस गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८०’  उद्घाटन गर्दै अर्थमन्त्री लामाले योजना प्राथमिकिकरण गरेर प्रदेश सरकारले क्रमागत रुपमा जनपक्षीय काम गरिरहेको दावी गरेका हुन् ।

समृद्ध प्रदेश निर्माणको आधारशिला तयार भइसकेको बताउँदै मन्त्री लामाले भौगोलिक रुपमा विकट क्षेत्रलाई विशेष सम्बोधन गर्दै जनताले नतिजा देख्नेगरी प्रदेश सरकारले काम गर्ने र आगामी बजेटबाट थप परिस्कृत आउने उनको भनाई छ ।

मन्त्री लामाले पूर्वाधारसँगै खेलकुद क्षेत्रको विकासमा समेत प्रदेश सरकारले काम गर्ने बताएका छन् । मानिसलाई स्वस्थ राख्न खेलकुदले मद्दत पु¥याउने भएकाले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

बागमती प्रदेशका जिल्लाहरु मध्ये रामेछाप जिल्ला भौगोलिक रूपमा अतिनै विकट रहेको भन्दै रामेछापलाई विषेश प्राथमिकतामा राखेर आगामी दिनहरुमा प्रदेश सरकारले कार्यक्रम ल्याउने उनको भनाई थियो ।

प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापको विकासलाई यस अघिका प्रदेश सरकारले पहिलो प्राथमिकतामा नराखेको बताउँदै यो पटक गठबन्धनको सरकार भएको बेला ठुला आयोजनाहरूलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

रामेछाप काँग्रेसका सभापति समेत रहेका तामाङले आफू प्रतिनिधि सभाको सदस्य भएको थोरै समयमा पनि एक अर्ब भन्दा माथि बजेट आफ्नो पहलमा जिल्ला भित्र्याएको दाबी गर्दै आगामी दिनमा केन्द्रीय सरकार, प्रदेश सरकार र विभिन्न आयोजनाहरूसँग समन्वय गरेर जिल्लाको विकास गर्न लाग्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०८०, १ कार्तिक बुधबार ००:००  ६ : ०५ बजे