२०८२, १२ जेठ आइतबार | Sun May 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका मुख्यमन्त्रीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिए



कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।

यहाँ एमालेकाे उपसभामुखसहित ४०, कांग्रेसकाे २८, माओवादी केन्द्रकाे १३, नेकपा एसकाे ४ र जसपाका एकजना सांसद छन् ।

प्रकाशित मिति : २०८०, १ कार्तिक बुधबार ००:००  ६ : १० बजे