दशैं मनाउन काभ्रेको भुम्लु जानेलाई नि:शुल्क बस व्यवस्था गरिएकोछ । गाउँपालिका उपाध्यक्ष समेत रहेका कांग्रेस नेता दावा लामा (जितेन्द्रमान तामाङ) को अगुवाइमा दशैं मनाउन गाउँ जानेलाई निःशुल्क बस व्यवस्था गरेर गाउँ जाने व्यवस्था मिलाईएको हो ।
नागरिकको सहजताका लागि भाडा तिर्नु नपर्ने गरी बस व्वस्थापन गरेर गाउँ लैजाने पहल गरिएको उपाध्यक्ष लामाले बताए ।काठमाडौंमा बिभिन्न पेशा, व्यवसाय गर्ने र अध्ययन गर्ने भुम्लुबासी आम नागरिकहरुलाई सहजताका लागि भुम्लु भित्रका सम्पूर्ण वडामा नि:शुल्क व्यबस्थापन गरेका बस आज बिहान काठमाडौंबाट भुम्लुका लागि छुटेका छन् ।
बस व्यबस्थापनका लागि सहयोग एबम् सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै उपाध्यक्षले लामाले दशैं सभ्य र भव्य रुपमा मनाउन भुम्लुबासीलाई अपिल गरेका छन्।