२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धन बागमती प्रदेश सरकारकाे प्राथमिकता: अर्थमन्त्री लामा

गुरु योजना बीनाको विकास दिगो हुन नसक्ने



बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका छन् । बागमती प्रदेशका सबै जिल्ला पर्यटनको प्रचुर सम्भावना भएकाले पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार जुटेको बताएका हुन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा आयोजित ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ लाई सम्बोधन गर्दै अर्थमन्त्री लामाले बागमती प्रदेश ऐतिहासिक सम्पदाले सम्पन्नता प्रदेश भएकाले विश्वभरका पर्यटकको आवागमन बढाउन सरकारले नीतिगत काम गरिरहेको बताएका हुन् । पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङको विकास र प्रचार गर्न आयोजना गरेको ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ मा मन्त्री लामाले ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए ।

२२ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइने र तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ भएकाले यसक्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिनुपर्ने मन्त्री लामाको भनाई थियो ।

गाउँ गाउँको पर्यटन प्रवर्द्धन गरेर स्थानीयको आयस्रोत बढाउन र उत्पादनको बजारीकरण गर्न सरकारले भूमिका खेल्ने अर्थमन्त्री लामाको भनाई छ । सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरेर आवश्यक पूर्वाधार विकास, सुन्दरतादेखि नयाँ पर्यटकीय रूट तथा गन्तव्यको विकासमा प्रत्यक्ष टेवा दिने कार्यक्रम ल्याउन प्रदेश सरकार लागेको उनले बताएका छन् ।

गुरु योजना बीनाको विकास दिगो हुन नसक्ने मन्त्री लामाले बताए । पर्यटन विकासका लागि गुरु योजना बनाएर सरकारसँग माग अघि बढाउन स्थानीयलाई आग्रह गर्दै सरकारले योजनाको प्राथमिकिकरण गरेर काम गर्ने बताए ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार ००:००  १२ : ५० बजे