२०८२, ५ श्रावण आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा गोविन्द लम्साल मनोनित



बागमती प्रदेश कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा गोविन्द लम्साल मनोनित भएका छन् । संसदीय दलका नेता बहादुरसिं लामाले लम्साललाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको वित्रान २०७४ कोे धारा ११ को उपधारा (१) बमोजिम लामाले लम्साललाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेका छन् ।

लम्साल धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन् ।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार ००:००  २ : १७ बजे