२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितलाई बागमती प्रदेश सरकारले डेढ करोड दिने



जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितलाई बागमती प्रदेश सरकारले डेढ करोड सहयोग गर्ने भएको छ । गएरातीको भुकम्पमा परेर घाइते भएकाहरुको उपचार तथा उद्वार र राहतका लागि प्रदेश सरकारको तर्फबाट डेढ करोड सहयोग गर्ने बागमतीका अर्थमन्त्री बहादुर सिं लामाले घोषणा गरेका हुन् ।

जाजरकोट र रुकुम पश्चिमको भुकम्पमा परेर ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री लामाले घाइते हरुको तत्काल राहत तथा उद्दारका लागि बागमती प्रदेश सरकारले डेढ करोड उपलब्ध गराउने घोषणा गरेका हुन् ।

बागमती प्रदेश स्तरीय लक्षित समुहका लागि स्वास्थ बिमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले बागमती प्रदेश सरकार तल्लो तहका आम नागरिकको सरकार भएकाले नागरिकले महसुस गर्ने गरी कार्यक्रम निर्माण र प्रभावकारी कार्यन्वयनमा लागि परेको बताए ।

मन्त्री लामाले स्वास्थ कार्यलय नुवाकोटद्वारा देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठानमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुलाई स्वास्थ बिमा कार्ड समेत उपलब्ध गराएका थिए ।

प्रदेशको समृध्दि र नागरिकको आधारभूत आवश्यक पुरा गर्न प्रदेश सरकारले कुनै कसुर बाँकि नराख्ने मन्त्री लामाको भनाइ थियो ।

जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट भएको क्षतिको पछिल्लो विवरण :

प्रकाशित मिति : २०८०, १८ कार्तिक शनिबार ००:००  १२ : ३८ बजे