२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काम नगर्ने ठेकेदारलाई कारबाही नगरे मुलुक बन्दैन : सभापति खतिवडा



प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विकासका कामको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन् । ओखलढुंगाबाट सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्दै अनलाइन सरोकारसँग बहस गरेका खतिवडाले मुलुकको समृद्धिका बाधक बनेका ठेकेदारलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका हुन् ।

नेपाल ठेकेदार पीडित देश बन्न पुगेको बताउँदै खतिवडाले प्रभावकारी अनुगमन नहुँदा पूर्वाधार विकासका कामहरु गुणस्तरीय नभएकाले जिल्ला जिल्लामा कार्यालय प्रमुख, केन्द्रमा प्रधानमन्त्री, मन्त्री र सचिवलाई अनुगमन र कारबाही गर्न संसदीय समितिले सिफारीस गर्ने बताएका छन् ।

काम नगर्ने ठेकेदारको कुनै पार्टीले संरक्षण गर्न नहुने खतिवडाले बताए ।

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सांसद निर्वाचित भएपछिको १ वर्षे कामको वार्षिक समिक्षा गर्ने भएका छन् ।

खतिवडाले ८ गते आफ्नो निर्वाचन क्षेत्रको घोराखोरीमा सार्वजनिक सुनुवाई गर्ने र १० गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसँग १ वर्षमा के के भए, गर्नुपर्ने के के रोकिए भन्ने विषयमा तथ्यसहित छलफल गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रकाशित मिति : २०८०, ५ मंसिर मंगलबार ००:००  ८ : १८ बजे