गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा-विद्यार्थी विशेष शक्ति प्रदर्शनले काठमाडौं उपत्यकाको माहोल तताएको छ ।
युवा संघको जुलुस तीनकुनेबाट कोटेश्वर हुँदै पुन: तीनकुने आएर सभामा परिणत भएकाे छ । युवा र विद्यार्थीका नेता-कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरिएको छ । एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले जुलुसको नेतृत्व गरेका छन् ।
त्यस्तै उपत्यका भित्रिएका दुर्गा प्रसाईँका समर्थकहरूले बल्खुमा शक्त्ति प्रदर्शन गरेका छन् ।
दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको थियाे । कार्यक्रमस्थल जाने सडकमा सवारी आवागमन ठप्प थियाे । ट्राफिक र सुरक्षाकर्मीले ठाउँठाउँबाट सवारीसाधन डाइभर्ट गरेका थिए ।
प्रदर्शनका कारण राजधानीबासीले दिनभर सास्ति खेपेका छन् ।