२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गरेर नागरिकलाई आत्मनिर्भर बनाउछौं : अर्थमन्त्री लामा



बागमती प्रदेशका अर्थमन्त्री बहादुुरसिंह लामाले कृषि उत्पादन र पर्यटन प्रवद्र्धन गरेर नागरिकलाई आत्मनिर्भर बनाउने बताएका छन् । नुवाकोटमा आयोजित तक्पा गाङ एकादशी मेला तथा बृहत सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री लामाले दिगो विकाससँगै नागरिकलाई आत्मनिर्भर बनाउन कृषि उत्पादन र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले जोड दिएको बताएका हुन् ।

नुवाकोटसहित बागमती प्रदेशका सबै जिल्ला कृषि उत्पादन र पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेकाले कृषि उत्पादनको बजारीकरण गरेर किसानको आयस्रोत बढाउने, उत्पादनलाई पर्यटनसँग जोड्ने अन्य आयमुलक कार्यमा युवाहरुलाई प्रोत्साहित गरेर स्वदेशमै आत्मनिर्भर बनाउन प्रदेश सरकारले नीतिगत काम गरिरहेको मन्त्री लामाको भनाई थियो । म्यागङ गाउँपालिका ४ किम्ताङ क्षेत्रका स्थानीयको संस्कार, संस्कृति, स्थानीय उत्पादनको अर्गानिक परिकारलाई प्रचारप्रसार र स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन पहल गरिने उनले बताए ।

आगामी वर्ष यसक्षेत्रमा कृषिमा पकेट क्षेत्र घोषणा गरेर बजेट सहितको कार्यक्रम लागू गरिने लामाले बताए । पकेट क्षेत्रमा उत्पादित कृषि उपज संकलन र भण्डारणका लागि चिस्यान केन्द्रको व्यवस्थापन गर्ने र उत्पादित वस्तुको बजारीकरणमा समेत सरकारले सहयोग गर्ने अर्थमन्त्री लामाको भनाई छ ।

संघिय संरचनामा स्थानीय तहले नसकेका काम प्रदेशले र प्रदेशबाट हुन नसकेका काम केन्द्र सरकारले गर्ने भन्दै जनताका खानेपानीलगायतका आधारभुत  आवश्यकता पुरा नगरि नहुने योजनामा बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

आफुले गरेका चुवानी वाचा अनुसार अबको ४ वर्षभित्र निर्वाचन क्षेत्रभित्रका सडकहरु कालोपत्रेको काम सक्ने अर्थमन्त्री लामाले प्रतिवद्धता दोहोर्याएका छन् ।

यो ५ वर्षे कार्यकाल स्वणर््िाम बनाउने बताउँदै मतदाताको शिर झुक्ने काम नगर्ने अर्थमन्त्री लामाले बताएका छन् ।

नुवाकोटको म्यागङ गाउँपालिका ४ किम्ताङमा आयोजित कार्यक्रम स्थानीयले झाँकी प्रदर्शन गरेका थिए । चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए ।

प्रकाशित मिति : २०८०, ७ मंसिर बिहीबार ००:००  ९ : ५७ बजे