२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका अग्नि पीडितलाई सभापति रामहरि खतिवडाको आर्थिक सहयोग



ओखलढुंगाको मोलुङ गाउँपालिका–२ रामपुरका आगलागी पीडित परिवारलाई राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आर्थिक सहयोग गरेका छन् । सभापति खतिवडाले अग्नि पीडित निम बहादुर सार्की र एक बहादुर सार्कीको परिवारलाई घरमै पुगेर प्रति परिवार दश हाजर आर्थिक सहयोग गरेका हुन् ।

जिल्लाबासी नागरिकलाई हरेक दुःख सुखमा साथ दिने वाचा अनुसार आगलागी पीडितलाई सहयोग गरेको खतिवडाले बताए ।

खतिवडाले निरन्तर जिल्लाबासीलाई साथ दिँदै आएका छन् ।

तिहारको समयमा दिपावलीको दियो र झिलीमिली बत्ती बाल्दा विद्युत सर्ट भएर निमबहादुर र एकबहादुरको घरमा आगलागी भएको थियो ।

रातिको समयमा भएको लागलागीबाट एउटै घरमा आधा–आधा भाग बनाई दुई दाजुभाई बस्दै गरेको इट्टा र सिमेन्टले बनेको टिनको छानो भएको एक तले पक्की घर, घरभित्र रहेका भाडवर्तन, त्ताकपडा, अन्नपात जल्दा १६ लाख ५० हजार बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति : २०८०, ८ मंसिर शुक्रबार ००:००  ३ : १२ बजे