अन्तराष्ट्रिय बौद्ध महासंघको अध्यक्षमा डा.ल्हारक्याल लामा निर्वाचित भएका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट लामा विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तराष्ट्रिय बौद्ध महासंघ (आइबीसी) को अध्यक्षमा निर्वाचित भएका हुन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका लामा महासंघको विधान अनुसार अधिकार प्राप्त कार्यकारी स्थायी समितिबाट निर्वाचित हुदै अध्यक्ष भएका हुन् ।
नेपालकाे संविधानसभाका सदस्य समेत रहेका लामा निर्वाचित भएकाे International Buddhist Confederation-IBC ले विश्वभरका बुद्धमार्गीको हक हित तथा भाषा, संस्कार संस्कृतिको संरक्षणमा काम गर्दै आएको छ ।