२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीमा आगामी वर्षको बजेटले विकासको खाका कोर्छ : अर्थमन्त्री लामा



बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले आगामी वर्षको बजेटले बागमतीको विकासको खाका कोर्ने बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री लामाले आगामी आर्थिक वर्षको बजेट निकै परिस्कृत आउने र त्यसले सबै प्रदेशबासीको माग सम्बोधन गर्ने बताएका हुन् ।

पुराना योजनामा अरबौ बजेट विनियोजन गर्नुपर्ने भएकाले नयाँ विकासका योजनामा बजेट कम भएको बताउँदै लामाले आगामी आर्थिक वर्ष बजेटमा नयाँ र प्रदेशका गौरबको आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए ।

अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या हुने भएपनि प्रदेश सरकारले आगामी वर्ष टुक्रे योजनामा बजेट विनियोजन नगर्ने मन्त्री लामाले बताएका छन् ।

उनले सबै पक्ष जिम्मेवार भएर विकास र समृद्धिमा जट्नुपर्ने बताएका छन् ।  

प्रकाशित मिति : २०८०, २० मंसिर बुधबार ००:००  ९ : ४० बजे