२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछाप एमालेका जिल्ला, प्रदेश र पालिका इन्चार्ज ताेकिए



नेकपा एमाले बागमती प्रदेश कमिटीले रामेछापको भूगोलमा काम गर्नेगरी इन्चार्जहरु तोकेको छ । प्रदेश कमिटीको बैठकले नवनिर्वाचित सदस्यहरुको जिम्मेवारी तोकेर जिल्लामा पठाएको छ ।

रामेछाप जिल्ला इन्चार्जको रुपमा प्रदेश कमिटीले पूर्व जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । उनले संघीय निर्वाचन क्षेत्र इन्चार्जको भूमिका पाएका छन् ।

प्रदेश १ को इन्चार्ज उमाकुण्ड गाउँपालिका अध्यक्ष समेत रहेका शेरवहादुर सुनुवार तोकिएका छन् भने प्रदेश २ मा खाँडादेवीका पूर्व गाउँपालिका अध्यक्ष प्रेम तामाङ इन्चार्ज तोकिएका छन् ।

त्यस्तै, पालिका इन्चार्जमध्ये खाडादेवी र सुनापतिमा ज्ञानकुमार श्रेष्ठ, उमाकुण्डमा गंगा कार्की, लिखुमा दिपशिखा दाहाल,गोकुलगंगामा अर्जुन कार्की, मन्थलीमा माया कार्की, रामेछापमा गोपाल श्रेष्ठ र दोरम्बा इन्चार्जमा मन्थलीका मेयर लब श्रेष्ठ इन्चार्ज तोकिएका छन् ।

प्रकाशित मिति : २०८०, २१ मंसिर बिहीबार ००:००  ९ : १६ बजे