२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरिले प्रचण्डलाई भने– एनसेल काण्डबारे बोल्नुस्



संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले एनसेल काण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई सत्य तथ्य जानकारी दिनुपर्ने बताएका छन् । नेपाली जनतामा एनसेलबारे प्रश्न उठेको अवस्थामा प्रधानमन्त्रीकै तहबाट प्रारम्भिक अनुसन्धान गरेर सत्य तथ्य जानकारी दिनुपर्ने खतिवडाले बताएका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले समेत यसबारे प्रधानमन्त्रीलाई समितिमा आएर जवाफ दिन अनुरोधात्मक निर्देशन दिने निर्णय गरेको सभापति खतिवडाको भनाई छ । नेपालमा एनसेलको करछलीबारे विगत लामो समययता प्रश्न उठिरहेको र अहिले खरिद विक्रिको सवाल झन पेचिलो बनेकाले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने र त्यसबारे प्रधानमन्त्री स्वयं बढी जिम्मेवार बन्नुपर्ने बताए । ‘पत्रपत्रिकामा समाचारहरु आइरहेका छन् । सामाजिक सञ्जाल तातिएको छ । एनसेनको विवाद पुरानै हो तर नयाँ नयाँ ढंगले राज्यलाई ठग्न खोजेको बुझिन्छ । यसबारे समितिमा आएर जानकारी दिन प्रधानमन्त्रीलाई बोलाएका छौं ।’ खतिवडाले भने, ‘प्रधानमन्त्री पनि यहि समितिको सभापति हुनुहो । उहाँ सहज रुपमा समितिमा आएर एनसेनबारे देश र जनतालाई जानकारी दिनुपर्छ’  विदेशी कम्पनीका लागि नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने तर करछली सम्मको अपराध गर्नेलाई कडा कारबाही गर्नुपर्ने खतिवडा बताउँछन् ।

समितिको बैठकमा सांसदहरु उपस्थित नभएको विषयमा भने सभापति खतिवडाले असन्तुष्टि जनाएका छन् । ‘कोही देश बनाउने खोक्रो आशा बाँडेर विदेश घुमिरहेका छन् । कोही मेचीकाली दौडमा छन् । महत्वपूर्ण समितिका बैठकहरुमा गयल हुनुराम्रो होइन ।’ कोरम पुगेर बैठक सञ्चालन भएपनि सबै सांसदहरु उपस्थित नहुनु ठिक नभएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, २३ मंसिर शनिबार ००:००  ७ : ३० बजे