२०८२, २७ जेठ सोमबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ



प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।

काठमाडौं–३२, पेप्सिकोलास्थित देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।

सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार, देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरी कहाँ छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन् ।

जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८०, १ पुस आइतबार ००:००  २ : ०७ बजे