२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनसेल सेयर खरिद–बिक्रीबारे सभामुख र राज्य व्यवस्था समिति सभापतिबीच छलफल



सभामुख देवराज घिमिरे र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबीच छलफल भएको छ । एनसेल सेयर खरिद–बिक्री प्रकरणमा समितिबीच कार्यक्षेत्र विवाद सतहमा आएपछि सभामुख घिमिरेले शुक्रबार सभापति खतिवडासँग छलफल गरेका हुन् ।

कर छली तथा स्वामित्व हस्तान्तरण प्रभावित पार्ने गरी भएको एनसेल सेयर खरिद–बिक्री प्रकरणमा राज्य व्यवस्था समितिले ३ पुसमा प्रधानमन्त्री र सञ्चारमन्त्री बोलाएर छलफल गरेको थियो । यो प्रकरणमा गठित छानबिन समितिको कामकारबाहीबारे जानकारी लिँदै ०८६ मा नेपाल सरकारमातहत ल्याउने गरी नीतिगत तथा कानुनी सुधार गर्न निर्देशन दिएको थियो ।
त्यसको भोलिपल्ट लेखा समिति सभापति ऋषिकेश पोखरेलले आफूले हेरिरहेको विषयमा कार्यक्षेत्र मिचेर हात हालेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट आपत्ति जनाएका थिए । लेखा समितिले २० मंसिरमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो । त्यसअगावै राज्य व्यवस्थाले प्रधानमन्त्री बोलाएर छलफल गरेपछि असन्तुष्टि जनाएका थिए । त्यसक्रममा उनले अमर्यादित शब्द पनि प्रयोग गरेका थिए ।

लेखा समितिको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रवेश गरेको, भ्रष्टाचार छोप्न कोसिस गरेको आरोपसहित सरकारी सुन्डमुसन्डहरू भन्ने शब्द पोखरेलले प्रयोग गरेपछि राज्य व्यवस्था समितिका सदस्यहरूले आपत्ति जनाएका थिए । सदस्यहरू गगन थापा, रवि लामिछाने र राजेन्द्र पाण्डेले राज्य व्यवस्थाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वसम्मतिबाट प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको भन्दै लेखा समिति सभापतिको टिप्पणी अमर्यादित रहेको र यसबारे सभामुखसँग कुरा गर्न सभापति खतिवडालाई आग्रह गरेका थिए । शुक्रबार सभामुखसँग छलफल गरेका सभापति खतिवडाले आफूलाई निर्णय अगाडि बढाउन भनेको अनलाइन सराेकारलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८०, ७ पुस शनिबार ००:००  १० : २१ बजे