२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरीका हबल्दारको भिरबाट लडेर मृत्यु



ओखलढुंगामा सशस्त्र प्रहरीका हबल्दारको भिरबाट लडेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल २२ नंं. गण हेडक्वाटर गुहेश्वरी, भक्तपुर दरबन्दी भई कार्यालयको कामले ओखलढुंगा जिल्लामा खटिएर आएका ३८ वर्षका फडिन्द्र बहादुर आलेमगरको भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वार्ड नं. –१ मोलीका मगर घर गएको समयमा घर नजिकैको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । उनका अनुसार मोलीको भाल्दर पाखाको भिरबाट करिब ५ सय मिटर तल लडेका मगरको घटनास्थलमा नै मृत्यू भएको हो ।

गएराती मगरको मृत्यु भएपनि आज बिहान मात्रै घटनाको स्थलगत मुचुल्कालगायतका कानूनी प्रकृया पुरागरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १० पुस मंगलबार ००:००  १२ : २८ बजे