२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिमा लगानी दशक घोषणा गर्दै सरकार



सरकारले २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशक घोषणा गर्ने भएको छ ।

वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै आागमी कृषिमा लगानी दशक घोषणण गर्ने तयारी भएको बताए ।

‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१–९१ घोषणा गर्ने सरकारको तयारी छ,’ उनले भने, ‘कृषिमा राज्यको लगानी घटेको छैन तर, उत्पादकत्व बढेको पनि छैन । यसमा सुधार गर्न जरुरी छ ।’

उनले सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याइ कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा मल वितरण सुरु गर्ने बताए ।

‘प्रमुख तरकारी तथा खाद्यान्नमा उत्पादनमा आधारित अनुदान लागु गरिंदैछ । दूध किसानको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ,’ उनले भने ।

प्रकाशित मिति : २०८०, ११ पुस बुधबार ००:००  २ : ३१ बजे