२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरको परफेक्ट प्लाजाका सञ्चालक साह सम्मानित



जनकपुरका सफल व्यवसायी प्रदीप कुमार साह सम्मानित भएका छन् । जनकपुर स्थित  परफेक्ट प्लाजाका सञ्चालक साह नागरिक उडयन प्राधिकरण अन्तर्गतको नागरिक उड्यन कार्यालय जनकपुरधामको २५ औँ वार्षिकोत्सवको अवसरमा सम्मानित भएका हुन् ।

उद्योगी व्यवसायीको तर्फबाट जनकपुर विमानस्थलको व्यवस्थापन, यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै साहलाई सम्मान गरिएको हो ।

जनकपुरमा एयरपोर्ट सञ्चालन भएको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा साहलाई जनकपुरधाम विमानस्थलमा यात्रुहरुको सहजताको लागि विभिन्न समाग्रीहरु सहयोग गरेर सहज बनाएको भन्दै सहयोगको कदर गर्दै सम्मान गरिएको विमानस्थल प्रमुख भिम दत्त पन्तले बताए । व्यवसायी साहले एयरपोर्टमा विभिन्न स्थानमा डिजिटल घडी, डिजिटल टेलिभिजन सहयोग गरी यात्रुलाई सहजता प्रदान गरेका छन् ।

जनकपुरको रामानन्द चोकमा रहेको होटल परफेक्ट प्लाजाले विमानस्थलमा सूचना, सञ्चार समाग्रीहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, १६ पुस सोमबार ००:००  ९ : ४० बजे