२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाका माओवादी जनप्रतिनिधिले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने



हुम्लाका माओवादीबाट निर्वाचित आठ जना जनप्रतिनिधिले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायालाई राष्ट्रिय सभाका लागि एकल नाम सिफारिस गरेको माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको उल्लेख गर्दै यस पटक पनि हुम्लालाई बेवास्ता गरे मतदान प्रक्रियामै सहभागी नहुने निर्णय गरेका हुन् ।

माओवादीले कर्णालीबाट कालिकोटका विष्णु बिकलाई राष्ट्रिय सभाका लागि अघि सारेको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले दश जिल्ला भएको कर्णाली प्रदेशमा पार्टीको आधार इलाकाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थान हुँदापनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा परेका कारण यस पटक पार्टीको तर्फबाट राष्ट्रियसभाको टिकट हुम्लाले नपाए कुनैपनि प्रक्रियामा भाग नलिने निर्णय गरेको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन होस् वा स्थानीय तहको निर्वाचन होस् सबैमा माओवादीको आधार इलाका बनाएको हुम्लालाई राजकीयदेखि पार्टीको सांगठनिक जिम्मेवारीमा जहिल्यै विभेद गर्ने काम भएको छ’, अध्यक्ष जैसीले भने, ‘हाम्रो निर्णय पार्टीको निणर्य विरुद्धमा नभई सही मुल्यांकन नगर्ने र २०६४ पछिको माओवादी आन्दोलन र कार्यदिशालाई नबुझ्ने जड्सुत्री प्रवृत्तिका विरुद्धको निर्णय हो।’ हुम्लालाई दास बनाउने प्रवृत्तिको निर्णयका विरुध्द उभिएको उनको भनाई छ । यो निर्णयले हुम्लाको माओवादी आन्दोलनको गम्भीर समिक्षा गरेर प्रदेश पार्टीको नेतृत्वको पटक पटकका पार्टी भित्रका अत्याचारका विरुद्ध हुम्लाबासी क्रान्तिकारी एकताबद्द हुने संकल्प गरिएको सन्देश दिइएको अध्यक्ष जैसीले बताए ।

सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सीट बाँडफाँड अन्तिम चरणमा पुगेकै बेला सरकारको नेतृत्वकर्ता दलका जनप्रतिनिधिले लिखित रुपमा गरेको यस्तो निर्णयले गठबन्धन दलहरुलाई ठूलो धक्का लाग्ने भएको छ ।

पार्टीका तर्फबाट यसअघिका सबै निर्वाचनमा मतदान गरेको हुम्लाले यस पटक कुनैपनि हालतमा प्रतिनिधित्वको सुनिश्चितता खोजेको बताएको माओवादी हुम्ला स्रोतका अनुसार पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा (प्रभाकर)ले रुकुमपश्चिममा, शक्तिबहादुर बस्नेतले जाजरकोटमा र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रित गरेका कारण हुम्ला पेलिदै आएको छ ।

सांगठानिक रुपमा तेस्रो भएपनि पार्टीको प्रदेश र केन्द्रीय निकायमा मनोनय र राजकीय पदमा निकै पछि परेपछि जिल्ला पार्टीकै तर्फबाट संस्थागत निर्णय गरेर समग्र निर्वाचन प्रक्रिया बहिष्कार गर्ने निर्णय हुम्ला माओवादी गरेको हो ।

शनिबार भएको उक्त निर्णय माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाइसकेको छ ।

माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङदम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।

राष्ट्रियसभा सदस्यको रिक्त १९ सीटमा हुन लागेको निर्वाचनमा सत्ता गठबन्धन दलहरुमध्ये नेपाली कांग्रेस १०, माओवादी केन्द्र ६, एकिकृत समाजवादी २ र जसपाले १ सीट पाउने सहमति भएको छ ।

प्रकाशित मिति : २०८०, २२ पुस आइतबार ००:००  १० : २९ बजे