२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवघाटको १३ औं गाउँसभा : बार्षिक बजेट तथा कार्यक्रम संशोधनसहित पारित



देवघाट गाउँपालिकाको १३ औ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको सभा बार्षिक बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मत पारितसहितका निर्णय गर्दै सम्पन्न भएको हो ।

गाउँसभाले आ.व. ०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रम संशोधन गरि रकमान्तर प्रस्तावलाई सुझाव सहित पारित गरेको छ ।गाउँसभामा उपाध्यक्ष भुवनसिंह गुरुङले १२ औ गाउँ सभाले पारित गरेको कार्यक्रम र बजेटमा समावेश केही कार्यक्रम संशोधन र ति कार्यक्रमको लागि बजेट समेत रकमान्तर सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्तावमा छलफल र सुझाव पछि सर्वसम्मतिले पारित गरेको छ ।

सभाले व्याकलोडर खरिदको लागि बिनियोजित ५१ लाख रुपैयाँ रकमान्तर गरेको छ । सो रकम घिनाटार-टाउनचोक सडक निर्माणको लाथि रकमान्तर गरिएको छ ।

त्यस्तै गाउँपालिका भवनमा लिफ्ट जडानको लागि २५ लाख रुपैयाँ प्रस्ताव गरेको छ । वडा नम्बर ४ मा स्थापना गर्ने भनिएको सुन्तला नर्सरी स्थापनाको लागि ३० लाखको बजेट लाई १९ लाख ५० हजार प्रस्ताव गरिएको छ ।

अन्य विभिन्न कार्यक्रम तथा वडा कार्यालयबाट प्रस्तावित कार्यक्रमहरु पनि संशोधन गरि ती कार्यक्रमको बजेट पनि रकमान्तर गरिएको छ । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले रोजगार सेवा केन्द्र मार्फत सन्चालन गरिने योजना र बजेट प्रस्ताव गरेका थिए ।

सभामा वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले भुमिहिन दलित तथा सुकुम्बासीले लामो समयदेखी जग्गाधनी पुर्जाको अपेक्षा गरेको भन्दै त्यसको लागि गाउँ पालिकाले पनि पहल गर्नुपर्ने बताए । गाउँ सभामा सदस्य होममाया खाँणले शुभकामना मन्तव्य राखेकी थिईन् । गाउँ सभामा समसामयिक विषयको छलफलमा भाग लिदै गाउँ सभा सदस्य गंगा सिंह विकले नागरिकको आवश्यकता अनुसार काम गर्न र अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि पहल गर्नुपर्ने सुझाव दिए ।
गाउँसभा सदस्य सरस्वती परियारले एकल महिला तथा हिंसा पीडित महिलाको हितमा गाउँ पालिकाले नीति बनाउनुपर्ने बताईन् ।गाउँ सभामा संशोधित कार्यक्रम तथा बजेट तथा कार्यक्रम माथि सदस्यहरु बाबुराम परियार, कमला गुरुङ र बुद्धिबहादुर पान्डेले सुझाब राखेका थिए ।

पालिका अध्यक्ष थापाले प्राप्त सुझावका आधारमा थप जनपक्षीय काम गरिने बताउँदै समृध्दि देवदह निर्माणमा भूमिका खेल्न आव्हान गरेका छन् ।

प्रकाशित मिति : २०८०, २४ पुस मंगलबार ००:००  ४ : ५९ बजे