२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन



बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा उपाध्यक्ष जोशीको मृत्यु भएको हो ।

२०७४ सालमा उनको पाठेघरको क्यान्सरको अप्रेसन भएको थियो । गत भदौमा विरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका कारण उनको उपचार सम्भव नभएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । जोशीको निधनले गाउँपालिकामा अपुरणीय क्षति पुगेको बताउँदै बाजुरा जिल्लाले नै जुझारु महिला नेतृ गुमाएको अध्यक्ष रोकायाले बताए ।

स्वामीकार्तिक खापर गाउँपालिका –४ वाइ निवासी जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । जोशीका श्रीमान्, दुई छोरी र दुई छोरा छन् ।  

प्रकाशित मिति : २०८०, ४ माघ बिहीबार ००:००  ९ : ०७ बजे