२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकुम्बासीको घर निर्माणमा काेशीका मुख्यमन्त्रीकाे श्रमदान



कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुकुम्बासीका लागि घर बनाउन शुक्रबार श्रमदान गरेका छन् । विराटनगर १६ दरैहयाका सुकुम्बासी तथा असहाय परिवारको घर निर्माणमा मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । उनीसँगै सुकुम्बासीको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।

यसअघि मुख्यमन्त्री नभएका बेला पनि उनी बेला बेला आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सो सुकुम्बासी बस्तीहरुमा घर निर्माण गर्न श्रमदानका लागि पुग्ने गरेका थिए । मुख्यमन्त्री कार्की सहितले श्रमदान गरेर शिव राईको घर बनाएका हुन् ।

घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र लोग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका हुन् । विपन्न गरिबलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको छु ।

प्रकाशित मिति : २०८०, १९ माघ शुक्रबार ००:००  ४ : ११ बजे