२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की



कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले यस्तो बताएका हुन् ।

शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहनुभएका कार्कीले भौतिक विकासलाई मात्र विकासको रुपमा नहेर्न आग्रह गरे । सरकार भौतिक विकासमा मात्र केन्द्रित नभएर मानवीय विकासमा केन्द्रित रहेको बताए ।

चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरेको बताए । बालबालिकाको मनोविज्ञान बुझेर अभिभावकहरुले बालबालिकाहरुलाई समय दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८०, २० माघ शनिबार ००:००  ८ : २७ बजे