२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा कांग्रेसले सर्वसम्मत महासमिति छान्यो



नेपाली कांग्रेस ओखलढुंगाले महासमिति सदस्यहरु सर्वसम्मत छानेको छ । विद्यान संशोधनसहित पार्टीको महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य पदमा जिल्ला कार्यसमितिले सर्वसम्मत नाम छानेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर विक चयन भएको कांग्रेस जिल्ला सचिव राजकुमार ढुंगानाले बताए । सहमतिको अधिकतम् प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यहरूको नामावली टुङ्ग्याएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८०, २१ माघ आइतबार ००:००  ५ : २२ बजे