२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने विरुद्ध प्रहरीमा जाहेरी



पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

दर्ता भइनसकेको उक्त जाहेरीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम पनि उल्ले छ। दीपेश नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव हुन्।

जिल्ला प्रहरी कार्यालय कास्सीका एसपी मोहन थापाले यो प्रकरणमा रवि र दीपेशसहितविरुद्ध पुरक जाहेरी परेको बताए।

रवि लामिछाने र दीपेश पुनसहित जीबी राईले चलाएका १६ वटा कम्पनीविरुद्ध पुरक जाहेरी प्रहरीमा पुगेकाे छ ।

पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिले रविसहितका व्यक्तिहरुलाई पनि दोषी किटान गरेकाले ती व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने मागसहित प्रहरीमा दोस्रो निवेदन बुझाइएको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए।

छानबिन समितिको सिफारिसको आधारमा सरकारी वकिलको कार्यालयले १९ जनालाईमात्र प्रतिवादी बनाएको तर प्रतिवेदनमा समेटिएका २ देखि ३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने संघर्ष समितिको माग छ।

सहकारीपीडितले आइतबार नै जाहेरी दर्ता गराउन चाहेका थिए। तर कास्की प्रहरीले सूचना दिनुस्, पुरक जाहेरी दर्ता गरिरहनु पर्दैन भनेरर उनीहरूलाई फर्काइदिएको थियो।

सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन्।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र जीबी राईसहित दर्जनौँ व्यक्ति अहिले फरार छन्।

पोखरामा जीबी राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत् बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको थियो।

सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पनि नाम मुछिएको थियो। लामिछानेले भने सहकारीको रकम आफूले नलिएको जिकिर गरिरहेका छन्।

जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।

प्रकाशित मिति : २०८०, २२ माघ सोमबार ००:००  १० : ४९ बजे