२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा हार्नुकाे कारण खाेज्दै रास्वपा

केन्द्रीय समिति र सचिवालय बैठक बस्ने



इलाममा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

शुक्रबार सचिवालयको बैठक बोलाइएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक र २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् ।

नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ ।

पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल हुनेछ ।

इलाममा जित निकाल्ने आंकलनका बीत जमानत नै गुमेपछि राश्वपाले गम्भिर समिक्षा गरेर मिसन ८४ लाई समेत परिमार्जन गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८१, १९ बैशाख बुधबार ००:००  २ : २६ बजे