२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाँस जोगाउँन खोज्दा आगोले जलेर ओखलढुंगामा आमाछोराको मृत्यु



ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परेर ५५ वर्षिय पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षिय कन्चन धमलाको ज्यान गएको हो ।

सोमबार अपरान्ह बाहुन डाँडा कोल पाखामा निजि खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए । घटना स्थलमा प्रहरी परिचालन भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

केही दिन अघि देखि स्थानीय जंगलमा लागेको थियो ।
अहिले जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भइरहेका छन् ।

प्रकाशित मिति : २०८१, २४ बैशाख सोमबार ००:००  ६ : १८ बजे