२०८२, २७ जेठ सोमबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाँस जोगाउँन खोज्दा आगोले जलेर ओखलढुंगामा आमाछोराको मृत्यु



ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परेर ५५ वर्षिय पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षिय कन्चन धमलाको ज्यान गएको हो ।

सोमबार अपरान्ह बाहुन डाँडा कोल पाखामा निजि खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए । घटना स्थलमा प्रहरी परिचालन भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

केही दिन अघि देखि स्थानीय जंगलमा लागेको थियो ।
अहिले जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भइरहेका छन् ।

प्रकाशित मिति : २०८१, २४ बैशाख सोमबार ००:००  ६ : १८ बजे