२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ट्याक्टर दुर्घटना, १ को मृत्यु ११ घाइते



ओखलढुंगामा हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । खिजीदेम्बा गाउँपालिका १ रगनीको अर्थिङ्गेमोडमा को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खिजीदेम्बा ३, सेनीका १८ बर्षिय आयुष सुनुवारको घटना स्थलमै मृत्यु भएको हो ।

११ जना घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उद्धार गरी सामान्य घाइतेलाई उपचारका लागि एम्बुलेन्स मार्फत रामेछापको मन्थली र गम्भिर घाइतेलाई हेलिकोप्टर मार्फत राजधानी काठमाडौं पठाउन आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।

कच्ची सडकमा तिब्र गतिमा सवारी चलाउनु र ट्याक्टरमा मजदुरहरु कोचेर बोक्नु उचित नभएको भन्दै अध्यक्ष शेर्पाले मृतकका परीवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुलाई तत्काल उपचारको बन्दोवस्त मिलाउन ग्रिन्भेन्चर हाइड्रो कम्पनी लिखु फोरलाई निर्देशनात्मक अनुरोध गरेका छन् ।

ग्रिनभेन्चर हाइड्रो लिखु फोरमा काम गर्ने मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा १३ भन्दा बढी मजदुरहरु सवार थिए ।

घटनाको स्थलमा प्रहरी पुगेर थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८१, ४ जेठ शुक्रबार ००:००  ११ : ०० बजे