२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपक्षी मोर्चा कसेर सरकार ढाल्ने कसरतमा कांग्रेस



नयाँ बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको संयुक्त बैठक जारी छ । कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल थालेका हुन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । सरकारविरुद्ध संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । हिजो सांसदबीच धकेलाकेलको अवस्थापछि सहमतिको सम्भावना अझै क्षीण बन्दै गएको छ ।

प्रकाशित मिति : २०८१, ४ जेठ शुक्रबार ००:००  १२ : १६ बजे