२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरुद्ध कांग्रेस सडकमा जाने



सरकारविरुद्ध कांग्रेस सडकमा जाने भएकाे छ। सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले अब सडक आन्दोलन पनि गर्ने भएको हाे ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषयमा छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।

त्यसविरुद्ध कांग्रेसले आगामी आइतबार अर्थात १३ जेठमा काठमाडौंमा सडक प्रदर्शन राखेको छ ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन, गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध, सहकारीका बचतकर्ताको वचत फिर्ता, गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला लगायतका विषय उठाएर सडक प्रदर्शन गर्ने खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : २०८१, १० जेठ बिहीबार ००:००  ९ : २६ बजे