२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा एमालेको अध्यक्षमा शिव र सचिवमा पर्शुराम विजयी



नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बूको प्यानलै निर्वाचित भएको छ । आङ्लाले ३१४ भोट पाउँदा प्रतिद्वन्द्वी निरेन तामाङ्ग २०७ भोटमा रोकिए ।

उपाध्यक्षमा चिन्तन तामाङ्ग, सचिवमा पर्शुराम नेपाल, उपसचिवमा नैन विश्वकर्मा र तुलसी राई निर्वाचित भएका छन् ।

लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २०८१, १४ जेठ सोमबार ००:००  ९ : २६ बजे