२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आजदेखि सुनुवाइ हुँदै



निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुँदैछ ।

कोशी प्रदेश सराकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीका तर्फबाट हालिएको रिटको सुनुवाइको पेशी न्यायाधीश मनोज शर्मा शर्मा र सारङ्ग सुवेदीको इजलासमा तोकिएको छ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट नयाँ सरकार गठनको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दायर भएको थियो । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले आफूलाई हटाउने प्रदेश प्रमुखको कदम असंवैधानिक भएको जिकिर गरेका छन् ।

उनले संविधानको धारा १६८ (५) अन्तरगत बनेको सरकारले एक पटक विश्वासको मत लिएपछि २ वर्ष सम्म पुन विश्वासको मत लिन नपर्ने जिकिर गर्दै आएका छन् । निवर्तमान मुख्यमन्त्रीको पक्षबाट कानुन व्यवसायी गोपाल कृष्ण घिमिरे, सिताराम के सी र दिना श्रेष्ठले बहस गर्ने सम्भावना छ।

नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य र आफू सहित विद्रोह गरेर काङ्ग्रेसबाट आएका ८ जना प्रदेश सभा सदस्यको समर्थनमा कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई पछि एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूले विश्वासको मत दिएका थिए ।

केन्द्रमा माओवादी र एमाले बिचमा सत्ता साझेदारीका लागि एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

समर्थन फिर्ता लिएसँगै प्रदेश सभाले सङ्कल्प प्रस्ताव मार्फत कार्कीलाई विश्वासको मत लिन निर्देश गरेको थियो । सङ्कल्प प्रस्तावको पक्षमा ५२ जना प्रदेश सभा सदस्य उभिँदा पनि कार्कीले विश्वासको मत नलिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो ।

संसदमा कार्की अल्पमतमा परेको सन्देश प्रदेश प्रमुख समक्ष प्रदेश सभाले पठाएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ (५) अन्तरगत नयाँ सरकार गठनको आव्हान गरेका थिए । सो आव्हानसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । उनले प्रदेश सभामा विश्वासको मत समेत पाएका छन् ।

वैशाख २७ गते दायर भएको रिटमा वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो ।

जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।

प्रकाशित मिति : २०८१, १६ जेठ बुधबार ००:००  १२ : ०९ बजे