२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदनमा रवि र गगन आमनेसामने



सदनमा राश्वपा सभापति रवि लामीछाने र कांग्रेस महामन्त्री गगन थापा आमनेसामने भएका छन् । लामीछाने र थापा नेपाली राजनीतिका उस्तै पात्र र दुरुस्तै प्रवृत्ति हुन् ।

यि दुई नेता बीच धेरैकुरा मिल्छन् । दुवैजना ठुलो स्वरमा बोल्छन् हो जस्तै पार्छन अनि जनमत पनि बटुल्छन् ।

पत्रकारिता पृष्ठभूमिका दुवै नेता यतिबेला संघिय सदनमा छन् । निर्वाचनमा अदृश्य तालमेल गरेको भनिएका यि दुई नेताबीच चुनाव जितिसकेपछिको सम्बन्ध भने राम्रो छैन । यतिबेला एकले अर्काको खेदो खनिरहेका छन् ।

सहकारी गठी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विरुद्ध उभिएर संसदिय छानविन समिति नबन्दा सम्म सदन नै अवरुद्ध गराउन नेतृत्व गरेका गगन थापालाई गृहमन्त्रीले जेठ ६ गते   सदनबाटै झपारेका थिए ।

गृहमन्त्री रवि लामिछानेलाई आइतबारको संसद बैठकमा कांग्रेस महामन्त्री गगन थापाले मुखाभरीको जवाफ फर्काएका छन् । देशका मन्त्री हुन् वा पार्टीका महामन्त्री कसैलाई छाडिदैन भन्ने रवि शैलिमै गगनले सहकारी ठगेर गोर्खा मिडियामा लगानी डुवाउने जिवि होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई कारबाही गर्नुपर्ने बताए ।

गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुलाई लक्षित गर्दै अमर्यादित अभिव्यक्ति दिएको भन्दै रुष्ट कांग्रेसले त्यसको जवाफ प्रधानमन्त्रीसँग खोजेको छ । दुई हप्ता अघिको प्रसंगबारे आज संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएको आरोपको जवाफ नपाए प्रधानमन्त्रीसँग ‘हिसाब किताब’ हुने बताका छन् ।

प्रकाशित मिति : २०८१, २० जेठ आइतबार ००:००  ५ : ०८ बजे