२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशमा लोसपाले झिक्यो बखेडा, सरकार गठनमा समस्या



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल तत्काल संघ र प्रदेश सरकारमा नजाने भएको छ ।

लोसपा केन्द्रीय पदाधिकारीको आज बसेको बैठकले सरकारमा जाने सम्बन्धमा हेर र पर्खको स्थितिमा रहने निर्णय गरेको हो । सरकारबारे आगामी दिनमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय पनि गरिएको छ ।

सत्ता गठबन्धनले मधेशमा बनाउने नयाँ सरकारमा लोसपा सहभागी हुने दाबी गरेको थियो, तर लोसपा पदाधिकारी बैठकले सरकारमा तत्काल नजाने निर्णय गरेपछि मधेशमा नयाँ सरकार गठन अन्योल बनेको छ ।

अहिले मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । जसपा नेपाल विभाजन भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका थिए ।

सरकारबाट समर्थन फिर्ता लिएको २० दिन बित्दा पनि सत्ता गठबन्धनले मधेशमा नयाँ सरकार बनाउन सकेको छैन ।

सत्ता गठबन्धनमा रहेको नेकपा एस अहिले पनि जसपा नेपाल नेतृत्वकै मधेश सरकारमा सहभागी छ । नेकपा एसका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री छन् ।

एमाले मधेशका संसदीय दलका नेता सरोजकुमार यादवले जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन लोसपा र नेकपा एससहितका ६३ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताएका थिए, तर लोसपा र नेकपा एसको साथ नपाएपछि प्रदेश प्रमुखलाई बुझाउने भनिएको ध्यानाकर्षणपत्र रोकिएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री यादवले जेठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०८१, २१ जेठ सोमबार ००:००  १ : ५३ बजे