२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षित मातृत्व अभियानमा देशकै नमुना बन्दै ज्वालामुखी



गर्भवतीहरु पेटमा गर्भबसेपछि स्वास्थ्य संस्था जान्छन् स्वास्थ्यकर्मीबाट गर्भपरीक्षण गराउँछन् र घर फर्कन्छन् । कसैले नियमित गर्भजाँच गराउँछन् केहीले समस्या देखिएमात्रै घरपरिवारलाई भन्छन् र स्वास्थ्यकर्मीलाई देखाउँछन् । स्वास्थ्य संस्थाहरुले पनि सेवा लिन कार्यालयमा आउनेलाई स्रोत साधनले भ्याएसम्म परीक्षण र उपचार गराउँछन् । सुत्केरी व्यथाले च्यापेपछि हतारहतार स्वास्थ्य संस्था ल्याइन्छ सम्भव भए सहज सुत्केरी त्यहाँ हुन्छ नभए अन्यन्त्र सिफारीस गरिन्छ । बेलैमा सहज उपचार पाए गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ त्यसो नभए आमा र बच्चाको ज्यानै समेत जान्छ ।   यि प्रायः देशभरका स्वास्थ्य संस्थामा हुने साझा क्रियाकलाप र हाम्रो समाजका नियमित घटनाक्रम हुन् ।

संघिय सरकारले सुरक्षित मातृत्वका सवालमा हरेक वर्ष मिठा नारासहितका शंसोधित कार्यक्रम ल्याउँछ । प्रदेश र स्थानीय सरकारले पनि त्यसैलाई पछ्याउँछन् । कतिपय स्थानीय तहको यसमा काम गर्न खोजेका पनि छन् । तर नीति कार्यक्रम बनाउँदा अब्बल बनाउने, योजना बनाउँदा फितलो बनाउँदै बजेट ल्याउँदा कम प्राथमिकतामा राख्ने र कार्यान्वयन सम्म पुग्दा शुन्य उपलब्धिमा सिमित भइरहेको तितो यथार्थ छ ।

तर, धादिङको ज्वालामुखी गाउँपालिकाले यी गतिविधिमा मात्र सीमित नराखी देशकै नमुनाकाम गरेर पालिकालाई सुरक्षित मातृत्वमा अब्बल बनाउने प्रयास थालेको छ ।   कोखदेखि शोकसम्म ज्वालामुखी सरकारको नीति अनुरुप पालिकाले थालेको प्रयासले सार्थकता पाएको छ । उपलब्धिहरु संस्थागत हुन थालेका छन् ।

धादिङको ज्वालामुखीमा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी बनेको छ । कोखदेखि शोकसम्म ज्वालामुखी सरकारको नीति अनुरुप सेवा प्रवाहमा जुटेको पालिकाले सुरक्षित मातृत्व कार्यक्रमलाई देशकै नमुना बनाएको छ ।

ज्वालामुखीमा घरमा हुने सुत्केरीलाई शुन्य बनाउने अभियान थालिएको छ ।

पालिका भित्रका सबै गर्भवतीको पहिचान गरेर अनिवार्य नियमित गर्भजाँच गराउने देखि स्वास्थ्य संस्थामै सुत्केरी गराउने र नवजात शिशुलाई स्वस्थ बनाउने नव सुरक्षा कार्यक्रम चलिरहेको छ ।

पहिचान भएका गर्भवतीको घरमा झण्डा गाड्ने, नियमित गर्भजाँचका लागि निम्तोपत्र दिने, मोवाइलमा रेकर्ड राख्ने, हरेक महिना गर्भजाँचका लागि बोलाउने, समय समयमा भिडियो एक्सरे सेवा दिने, सुत्केरी हुनुअघिबाटै सुत्केरी भएपछिको ३ दिनसम्म स्वास्थ्य कर्मीको निगरानीमा वर्थिङ सेन्टरको प्रसुती प्रतिक्षालय घरमा राख्ने, त्यसको सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने, अध्यक्ष सुत्केरी पोषण कार्यक्रम अन्तरगत सुत्केरी भएको सातौ दिनमा घर भेट पालिकाको तर्फबाट घरभेट गर्ने, भेटका क्रमममा कोखदेखि शोकसम्म ज्वालामुखी सरकारको कोसेली झोला र झोलाभित्र सरसफाई र पोष्टीक आहारका सामाग्री र सन्देश मुलक चिठिका खाममा १ हजार नगद दिने सँगै आमा र बच्चाको स्वास्थ्य जाँच पनि गरिने गाउँपालिका अध्यक्ष यामनाथ दनैको भनाई छ ।

पालिकाले अभियान नै चलाएपछि अहिले ज्वालामुखीमा घरैमा हुने सुत्केरीको दर शुन्यमा झरेको छ । अर्थात घरमा सुत्केरी हुने चलन हटेको छ । घरमा हुने सुत्केरीको दर घटेसँगै मातृशिशु मृत्युदर पनि शुन्य भएको ज्वालामुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले अनलाइन सरोकारवालई जानकारी दिए । शाखा प्रमुख श्रेष्ठका अनुसार तीन वर्षदेखि घरमा हुने सुत्केरीको दर शुन्य भएसँगै १,२ र ३ वडालाई शुन्य सुत्केरी वडा घोषणा गरिएको छ ।

ज्वालामुखीमा ६ वटा सुरक्षित प्रसुति केन्द्र (वर्थिङ सेन्टर) छन् । यी सुरक्षित प्रसुति केन्द्र मार्फत प्रभावकारी सेवा प्रवाह हुन्छ यदि कुनै जटिल समस्या आइपरे तत्काल धादिङ अस्पताल रेफर गरिन्छ । पालिका भित्र उपचार हुननसके अन्यन्त्र अस्पतालसम्म जान गर्भवती र सुत्केरीलाई पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ । अझ गर्भअवस्था र जन्मनासाथ छोरी माथि हुने विभेद हटाउन ज्वालामुखीले छोरी जन्मिए तत्काल १ लाख सम्मको निःशुल्क बीमा समेत गरिदिने गरेको छ ।

सुरक्षित मातृत्वमा मात्रै होइन ज्वालामुखीले विभिन्न रचनात्मक अभियान चलाएर सबै नागरिकलाई गाउँघरमै आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गराएको छ ।

प्रकाशित मिति : २०८१, २१ जेठ सोमबार ००:००  ४ : ०४ बजे