२०८२, ४ असार बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकाले १० महिनामा १ करोड १६ लाख राजस्व उठायो



ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले दश महिनाको अवधिमा एक करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको दश महिनामा एक करोड १६ लाख ५५ हजार २१ रुपैयाँ ४४ पैसा राजश्व सङ्कलन भएको हो ।

सबै भन्दा बढि भूमिकर र मालपोत बापत सङ्कलन भएको राजस्व उपशाखा प्रमुख शिवराज प्रधानले जानकारी दिएका छन् । प्रधानका अनुसार भूमिकर मालपोत बापत ३७ लाख ६३ हजार ६५१ रुपैँयाँ ३५ पैसा राजश्व सङ्कलन भएको छ ।

कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर वापत १६ लाख ९४ हजार १९५ रुपैयाँ ८० पैसा, अन्य विक्रीबाट प्राप्त रकम १३ लाख ४४ हजार २०९ रुपैयाँ ७२ पैसा, सिफारिस दस्तुर वापत ७ लाख ४६ हजार ७९ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन भएको छ ।

यस्तै व्यवसाय रजिष्ट्रेशन दस्तुर बापत पाँच लाख २८ हजार ८२५, नक्सा पास दस्तुर चार लाख ७० हजार १०६ रुपैयाँ ५९ पैसा, सम्पत्ति करबाट तीन लाख ६५ हजार ८७४ रुपैयाँ ५० पैसा संकलन भएको छ ।

वहाल कर १३ लाख ४० हजार ९३७ रुपैयाँ ३५ पैसा, वहाल विटौली कर ८६ हजार ३२५, अन्य कर २५ हजार ४२०, सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय ३९ हजार ६००, अन्य सेवा शुल्क तथा बिक्री ४ लाख ६३ हजार ४५०, शिक्षा क्षेत्रको आम्दानी ४६ हजार ४७५ रहेको छ ।

अन्य प्रशासनिक सेवा शुल्क एक लाख ७५ हजार, व्यक्तिगत घटना दर्ता दस्तुर दुई लाख ३४ हजार २००, नाता प्रमाणित दस्तुर ८१ हजार, अन्य दस्तुर एक लाख १४ हजार ९०० रुपैयाँ, जलस्रोत सम्बन्धि अन्य दस्तुर २७ हजार, अन्य राजश्व २० हजार ६५०, बेरुजु बापत ७९ हजार १६२ र विज्ञापन कर छ हजार ९६० रुपैया राजश्व नगरपालिकामा सङ्कलन भएको राजस्व उपशाखाले जनाएको छ ।

अघिल्लो आर्थिक बर्ष २०८०-०८१ मा नगरपालिकाले कुल एक करोड ६९ लाख १८ हजार १९३ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

प्रकाशित मिति : २०८२, १७ जेठ शुक्रबार ००:००  ९ : ३५ बजे