२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक



बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप एक रजत र चार कास्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम)का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कास्य जिते । प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे । पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्य हात पारे ।

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिनुभयो । बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्यसाथ टिम च्याम्पियन बन्यो ।

प्रकाशित मिति : २०८२, १४ जेठ मंगलबार ००:००  ११ : ४३ बजे